+
+

स्थिर सरकारबाट मात्रै समृद्धि सम्भव छ : भौतिकमन्त्री दाहाल  

रासस रासस
२०८१ पुष १७ गते १९:३३

१७ पुस, तनहुँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले स्थिर सरकारबाट मात्रै समृद्धि सम्भव हुने बताएका छन् ।

बन्दीपुर गाउँपालिकाले बुधबार आयोजना गरेको बन्दीपुर भ्रमण वर्ष २०२५ को शुभारम्भ गर्दै मन्त्री दाहालले वर्तमान सरकार आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको बताए ।

स्थिर सरकार नहुँदा मुलुक विकासमा पछाडि परेको भन्दै उनले भने, ‘लामो समयसम्म सरकार टिक्न नसक्दा देशको विकास हुनसकेन । देशको विकास गर्न ठूला दल मिलेर सरकार बनाएका हौँ ।’

विकास, समृद्धि र स्थिरताका लागि वर्तमान सरकारले काम गरिरहेको बताउँदै उनले वर्तमान सरकार बनेपछि जनतामा आशा जागेको बताए ।

हालको आवश्यकता शिक्षा, स्वास्थ्यमा सबैको पहुँच वृद्धि, रोजगारीका अवसर सिर्जना, उत्पादनमा वृद्धि गर्नु रहेको र सरकार त्यो दिशामा रहेको उनले बताए । बन्दीपुर प्राकृतिक सम्पदाले भरिपूर्ण रहेकाले यहाँको पर्यटनमार्फत आम्दानी गर्न उनले सुझाव थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?