+
+

रावलले ओलीलाई ज्यान मुद्दाका कैदी भन्दा समर्थकहरूको ताली

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १७ गते २१:०९

१७ पुस, काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेका भीम रावलले पत्रकार सम्मेलन गरी देशभक्तिपूर्ण वैकल्पिक शक्ति बनाउने घोषणा गरेका छन् ।

पार्टी घोषणा गर्नुअघि देशभर मातृभूमि जागरण अभियान चलाउने उनले जानकारी दिएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा पूर्वउपप्रधान एवं गृहमन्त्री रावलले आफूमाथि लागेको आरोपहरूको खण्डनसमेत गरे ।

९ बुँदे शीर्षकमा आरोपको खण्डन गरेका रावलले गत ६ कात्तिकमा आफूलाई सोधिएको स्पष्टीकरण औचित्यहीन रहेको तर्क गरेका थिए । ‘एकतर्फी रूपमा सुने–सुनाइएका कुराको आधारमा जस्तो भाषा र विषयमा स्पष्टीकरण सोधियो, त्यसको कुनै औचित्य देखिएन,’ रावलले भनेका छन् ।

स्पष्टीकरणलाई औचित्यहीन भन्ने क्रममा रावलले केपी ओलीलाई ज्यान मुद्दामा झ्यालखानामा बसेको भन्ने शब्द प्रयोग गरेका थिए । ‘जति बेला तपाईं केपी ओली ज्यान मुद्दामा झ्यालखानामा हुनुहुन्थ्यो, झापा संघर्षमै झ्यालखानामा परेका साथीहरूसँग नमिलेर अलग्गै बस्नु–खानु हुन्थ्यो’, रावलले आफ्नो लिखित पत्र वाचन गर्दा हलभर ताली बजेको थियो ।

समर्थकहरूले भरिएका हलबाट उत्साहित रावलले यो लाइन अझ जोड दिएर भनेका थिए । रावलले निष्कर्ष सुनाए, ‘ओली पहिलेबाटै अवसरवादी हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?