+

ललितपुरका सजिन महर्जनले जिते बिलम लाल स्मृति चेसको उपाधि

२०८१ पुष  १७ गते २१:२० २०८१ पुष १७ गते २१:२०
ललितपुरका सजिन महर्जनले जिते बिलम लाल स्मृति चेसको उपाधि

१६ पुस, काठमाडौं । सिएम सजिन महर्जनले एफएम बिलम लाल स्मृति फिडे र्‍यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् ।

ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठानमा सम्पन्न भएको राष्ट्रव्यापी प्रतियोगितामा ललितपुर निवासी महर्जनले उत्कृष्ट खेल प्रदर्शन गरी च्याम्पियन बनेका हुन् ।

पूर्व नेपाल च्याम्पियन फिडे मास्टर बिलम लाल श्रेष्ठको स्मृतिमा भएको प्रतिस्पर्धामा १२२ जना राष्ट्रिय खेलाडी सहभागी थिए जसमध्ये सजिनले ९ चरणको खेलमा ७.५ अंक हासिल गर्दै विजयी भएका हुन् ।

सजिनले २५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । समान ७.५ अंक जोडेका एफएम क्षितिज भण्डारी टाइब्रेकरका आधारमा उपविजेता बने । काभ्रेका एफएम भण्डारीले १५ हजार हात पारे ।

यसैगरी ७ अंक बनाएर पाँचथरका रिशोन थापा तेस्रो भए । युवा रिशोनले १० हजार पुरस्कार पाए । प्रतियोगितामा समान ७ अंक बनाएर पेभेलियन चेस एकेडेमीका सिएम शुश्रुत दहाल चौथो हुँदै नगद ८ हजार, भक्तपुरका गणेशमान दुवाल पाँचौ हुँदै नगद ७ हजार पुरस्कार पाए ।

यस्तै समान ६.५ अंक जोडेर रुपेश बहादुर रामचन्द्र छैटौं, काठमाडौंका पुरुषोत्तम सिलवाल सातौं, सिएम केशव श्रेष्ठ आठौं, बद्रीलाल नेपाली नवौं र देवराज दशौं स्थान हुँदै जनही ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

प्रतिस्पर्धामा बद्रीलाल नेपाली, सुरोज महर्जन, सानुराजा बज्राचार्य क्रमशः ललितपुरका उत्कृष्ट बने । अनरेटेडतर्फ सत्वीक तुलाधर, रजिन महर्जन, सोनु गुरुङ उत्कृष्ट रहे । यस्तै महिला विधातर्फ सिन्दिरा जोशी, पूजा भण्डारी, बिनिता कपाली उत्कृष्ट रहे ।

प्रतियोगिता भरि रेटेड १९ सय मुनि मुहान नरसिंह श्रेष्ठ, १८ मुनि सुशील सुवेदी, १७ मुनि सुशील राउट, १६ सय मुनि पीयूष कुमार मिश्र, १५ मुनि विभव जोशी उत्कृष्ट बने ।

यस्तै युवा १६ सम्यक श्रेष्ठ, हर्ष बर्धन राठी, युवा १४ कशिभ कार्की, सार्थक पन्त उत्कृष्ट बने भने युवा १२ मुनि अविन पाण्डे, कैभल्या पन्त उत्कृष्ट बने । सिनियर ५५ वर्ष भुवनेश्वर चौधरी र ६० वर्षमा नवीन तण्डुकार उत्कृष्ट बने ।

यसैगरी ललितपुर स्पोर्ट्स क्लबले बुद्धिचाल खेलको समाचार सम्प्रेषणमा महत्त्वपूर्ण योगदान पुर्‍याएका गोरखापत्र दैनिकका खेल पत्रकार प्रजित शाक्य र मेरोखेल डटकमकी पत्रकार लक्ष्मी शाक्यलाई नगद पाँच हजार सहित प्रशंसा पत्र प्रदान गरेको छ ।

बुद्धिचाल खेलमा अतुलनीय योगदान पुर्‍याउन मद्दत गरेबापत वर्तमान नेपाल च्याम्पियन राजन सुवेदी र फोटोपत्रकार एवं खेलाडी राजेन्द्र बज्राचार्य (आर) लाई पनि प्रशंसा पत्रसहित नगद पाँच हजारबाट सम्मान गरिएको थियो ।

बिलम लाल स्मृति चेस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय