+

जय ट्रफी एलिट कपका लागि बागमती प्रदेशको अन्तिम टोली घोषणा

२०८१ पुष  १८ गते ८:५८ २०८१ पुष १८ गते ८:५८
जय ट्रफी एलिट कपका लागि बागमती प्रदेशको अन्तिम टोली घोषणा

१८ पुस, काठमाडौं । यही पुस २१ गतेदेखि सुरु हुने जय ट्रफी पुस एलिट कप दुई दिवसीय क्रिकेटका लागि बागमति प्रदेशले अन्तिम टोली घोषणा गरेको छ ।

बागमती प्रदेश क्रिकेट संघले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।

बागमतीले यसअघि प्रारम्किभ टोलीमा १८ खेलाडीको नाम सार्वजनिक गरेको थियो । जसबाट रोविन जोशी, अशोक पौडेल र दयानन्द मण्डल भने अन्तिम टोलीमा अटाएनन् ।

बागमतीले आन्तरिक टिमबीच अभ्यास खेल गराएर अन्तिम टोली छनोट गरेको हो ।

नेपाल क्रिकेट संघको आयोजनामा हुने ‘जय ट्रफी पुरुष एलिट कप’ क्रिकेट प्रतियोगितामा बागमतीसहित नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र मधेश प्रदेशले प्रतिस्पर्धा गर्नेछन् । गत वर्ष भएको पीएम कपको शीर्ष चार टोलीले जय ट्रफी एलिट कपमा प्रतिस्पर्धा गर्नेछन् ।

सेतो जर्सी तथा रेड बलको प्रयोगमा खेलिने प्रतियोगिता प्रतियोगिता पुस २१ देखि माघ ३ गतेसम्म जनकपुर र वीरगंजमा हुनेछ ।

बागमती प्रदेशको टोली:

सन्दीप लामिछाने(कप्तान), सूर्य तामाङ, रिजन ढकाल, प्रतिश जिसी, उत्तम थापा मगर, आशुतोष घिरैया, रित गौतम, इशान पाण्डे, विपिन आचार्य, शुभ कंसाकार, रोहन विके, सुर्यांशु कोइराला, नन्दन यादव, प्रतिक श्रेष्ठ, तिलकराज भण्डारी

जय ट्रफी एलिट कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय