+
+

पहिलो नेपाली महिला राजदूत बिन्दा स्वारी शाहको निधन

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १८ गते १२:३४

१८ पुस,काठमाडौं । पहिलो नेपाली महिला राजदूत बिन्दा स्वारी शाहको बिहीबार निधन भएको छ । २ फागुन १९८९ मा जन्मेकी शाहको आफ्नै निवास कालीमाटी, काठमाडौंमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

सन् १९८८ मा तत्कालीन राजा विरेन्द्र वीरविक्रम शाहले उनलाई भारतका लागि नेपाली राजदूतमा नियुक्त गरेका थिए । राजदूतका रुपमा नियुक्ति पाउने उनी नै पहिलो नेपाली महिला हुन् ।

नेपालमा २०४६ सालको जनआन्दोलन हुँदा उनी नै भारतका लागि नेपाली राजदूत थिइन् । उनी सन् १९९१ मा भारतबाट फर्केपछि परराष्ट्र मन्त्रालयको अतिरिक्त सचिवसम्म भएर काम गरेकी थिइने ।

उनका पिता पद्मसुन्दर मल्ल निर्वासनमा भएका बेला उनको जन्म भारतको खर्साङमा भएको थियो । त्यहीँबाट प्रारम्भिक शिक्षा हासिल गरेकी उनले अमेरिकाको कोलिम्बिया विश्वविद्यालयको बर्नार्ड कलेजबाट स्नातक गरेकी थिइन्।

अमेरिकाको कुनै कलेजबाट स्नातक गर्ने उनी नै नेपालकी पहिलो महिला हुन्। उनले अमेरिकाकै जोन हप्किन्स विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी थिइन् ।

अमेरिकाको अध्ययन सकेको केही समयपछि उनले सन् १९५९ मा लोकसेवा पास गरी परराष्ट्र सेवामा जागिरे जीवन सुरु गरेकी थिइन् । सन् १९६१ देखि १९६५ सम्म अमेरिकास्थित नेपाली दूतावासमा उनले काम गरेकी थिइन् ।

सन् १९७२ मा बंगलादेश स्वतन्त्र भएर नेपालले दूतावास खोलेपछि उनी त्यहाँको डेपुटी चिफ अफ मिसनका रुपमा काम गरेकी थिइन् ।

उनका पति डा. नारायणकेशरी शाहको यसअघि नै निधन भइसकेको छ । जेठा छोरा अनिलकेशरी शाह नेपालका चर्चित बैंकर हुन् । कान्छा छोरा उज्ज्वलकेशरी शाहको पनि निधन भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?