+
+

पिंगलास्थानमा युवती मृत्यु प्रकरण : सँगै बसेका युवक ढोकामा ताला लगाएर फरार

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १८ गते १२:४८

१८ पुस, काठमाडौं । काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा मृत फेला परेकी युवती एकजना युवकसँग बस्न पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अनुसन्धानमा सहभागी एक प्रहरीका अुनसार कागेश्वर मनोहरा ठेगाना भएकी २१ वर्षीय सुस्मिता खड्काको शव फेला परेको हो ।

नयाँ वर्षको अघिल्लो दिन उनीहरू सो होटलमा बस्न गएका थिए । भोलिपल्ट ती युवक होटलकै ताला बाहिरबाट लगाएर ‘केहीबेरमा आउँछु’ भन्दै निस्किएका थिए ।

तर, उनी नफर्केपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरे । प्रहरीका अनुसार स्थानीय जनप्रतिनिधिसहितको उपस्थितिमा बुधबार दिउँसो ढोका फुटाएर हेर्दा युवतीको शव बेडमा थियो ।

‘बाहिरबाटै ताला लगाएर केहीबेरमा आउँछु भन्दै ती युवक निस्किएका रहेछन्,’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने, ‘ती युवक नफर्किएपछि हामीलाई खबर आएको थियो ।’

ती प्रहरीका अनुसार फरार युवक ‘लोकेट’ भइसकेका छन् ।

उक्त होटलको ३ सय ८ नम्बर कोठामा युवतीको शव फेला परेको हो ।

घटनाबारे जिल्ला प्रहरी परिसर, काठमाडौं, काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतकका आफन्तबाट जाहेरी दरखास्त लिई प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?