+
+

शेरादरबार विवादमा प्रचण्डलाई गृहमन्त्रीको जवाफ : धन्यवाद दिन तयार भए हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १८ गते १३:१६

१८ पुस, काठमाडौं । गृहमन्त्री रमेश लेखकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सरकारलाई धन्यवाद दिनलाई तयार रहन भनेका छन् ।

राज्य व्यवस्था समितिको बिहीबारकाे बैठकमा शेरादरबारबारे बोल्दै प्रचण्डले ‘कानूनविपरीत भए फिर्ता ल्याइयोस् । म सरकारलाई धन्यवाद दिन्छु‘ भनेका थिए ।

प्रचण्डलाई जवाफ दिंदै गृहमन्त्री लेखकले भने, ‘शेरादरबारसम्बन्धी गम्भिरताका साथ अध्ययन भइरहेको छ । पूर्वप्रधानमन्त्रीले प्रचण्डले धन्यवाद दिन्छु भन्नुभएको छ, धन्यवाद दिन तयार भए हुन्छ । किनभने, गम्भिरताका साथ अध्ययन भइरहेकाे छ । कसैको नाममा गैरकानुनी काम भएकाे रहेछ भने सरकारले फिर्ता ल्याउँछ ।’

त्यसअघि बिहीबारकै बैठकमा एमाले सांसद बासुदेव घिमिरेले शेरादरबारको जग्गा विवादबारे गृहमन्त्री रमेश लेखकसँग जवाफ मागेका थिए । ‘शेरादरबारबारे भएको के हो ? गृहमन्त्रीले स्पष्ट गर्न आवश्यक छ’, एमाले सांसद घिमिरेले भनेका थिए ।

गृहमन्त्रीले अन्तिममा जवाफ दिने बताएपछि प्रचण्डले अख्तियार ऐन संशोधन विधेयक र एमाले सांसद घिमिरेले उठाएको विषयमा आफ्नो धारणा राख्दै सरकारलाई धन्यवाद दिने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?