+
+

काठमाडौंमा भूकम्पको धक्का महसुस

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १८ गते १३:१६

१८ पुस, काठमाडौं। काठमाडौंमा बिहीबार दिउँसो भूकम्पको  धक्का महसुस भएको छ ।

दिउँसो १ बजेर २ मिनेटमा सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का काठमाडाैंमा पनि महसुस भएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले  नेपाल-चीन सीमाक्षेत्रनजिक ज्यामिरेबाट दुई किलाेमिटर पर माझीटार केन्द्रविन्दु बनाएर ४.८ म्याग्निच्यूडको भूकम्प गएको जनाएको छ ।

केन्द्रका अनुसार यसअघि १६ पुसमा बैतडीको सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.६ म्‍याग्निच्यूडको भूकम्प गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?