+

मदन भण्डारी गोल्डकप भलिबल : गुजरातमाथि त्रिभुवन आर्मीको जित

२०८१ पुष  १८ गते १५:०४ २०८१ पुष १८ गते १५:०४
मदन भण्डारी गोल्डकप भलिबल : गुजरातमाथि त्रिभुवन आर्मीको जित

१८ पुस,बुटवल। बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लबले गुजरात प्रदेश भलिबल एशोसियसनलाई पराजित गरेको छ।

बुटवल १० स्थित रामनगर खेल मैदानमा भएको प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा आर्मीले भारतलाई ३–१ को सेटमा पराजित गरेको हो । आर्मीले खेलको पहिलो सेट २२–२५ ले गुमाएको थियो । त्यसपछि दोस्रो सेट २९–२७ ले जित्यो भने तेस्रो र चौथो सेट २५–२१ र २५–२२ ले जित्यो ।

जेहान मल्लीकको नेतृत्वमा रहेको गुजरातले खेलको सुरुवातबाटै ६–० ले अग्रता लिएर आर्मीका स्पाइकरलाई चल्न दिएका थिएनन् । तर आर्मीले पहिलो टाइम आउट लिएर मैदानमा उत्रेपछि खेलमा फर्केर नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

आर्मीको दोस्रो खेल शनिबार गल्कोट भलिवल क्लबसँग हुने छ भने गुजरात शुक्रवार नेपाल एपिएफ क्लबसँग खेल्नेछ । गल्कोटले ४ जना इरानी खेलाडी मैदानमा उतार्ने तयारी गरेको छ ।

प्रतियोगिता अन्तर्गत आजै दोस्रो खेल रुकुम पश्चिम भलिवल प्रशिक्षण केन्द्र र मणिमुकुन्द भलिवल क्लबकावीच हुने छ भने तेस्रो खेल नेपाल एपिएफ क्लब र गल्कोट भलिवल क्लबबीच हुने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीकी सचिव अमृता अनमोलले बताइन् ।

पुस २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका ८ टिमको सहभागीता छ । प्रतियोगिताको विजेताले सात लाख ५० हजार, उपविजेताले तीन लाख ५० हजार, तेस्रो हुने टोलीले एक लाख ७५ हजार र सान्त्वना हुने टोलीले एक लाख रुपैयाँ पाउनेछन् ।

यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीले रु. २५ हजार तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीले रु. १० हजार प्राप्त गर्ने छन् ।

गुजरात मदन भण्डारी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय