+
+

बालेनको पार्श्व गायनमा डेब्यु, ‘लाज शरणम्’का लागि रेकर्ड गरे गीत

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १८ गते १७:२३

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर समेत रहेका र्‍यापर बालेन शाहले प्रदर्शन तयारीमा रहेको फिल्म ‘लाज शरणम्’मा गीत गाउँदै पार्श्व गायनमा डेब्यु गरेका छन् ।

उनको शब्द, संगीत र स्वर रहेको हिपहप गीत रेकर्ड भइसकेको छ । ‘बालेनजीले गीत रेकर्ड गरिसक्नुभएको छ,’ फिल्म निर्माता कम्पनी जेपीटी क्रिएसनका प्रमुख अर्जुन घिमिरेले भने ।

उनका अनुसार अहिले अर्का गायक मिस्टर डीले उक्त गीतको बाँकी काम हेरिरहेका छन् । घिमिरेका अनुसार केही समयअघि नै यो गीतको रेकर्ड भइसकेको छ । गीतलाई फिल्म रिलिजअघि सार्वजनिक गर्ने तयारी छ । यो फिल्म १४ फागुनमा प्रदर्शन तयारीमा छ ।

स्रोतका अनुसार बालेनसँग भिडियो बन्न बाँकी झण्डै २० गीत छन् । जसमध्येबाट एक गीत छानेर ‘लाज शरणम्’को लागि रेकर्ड गरिएको हो ।

‘देशका लागि फिल्म बनाएका हौं । नेपाली जनजीवन र संस्कृति झल्काउने मन छुने कथामा फिल्म बनाएको भनेपछि उहाँले खुसी हुँदै गीत रेकर्ड गर्न तयार हुनुभयो,’ घिमिरेले अनलाइनखबरसँग भने ।

बलिदान, स्याभेज, मार्फाको मदिरा, स्टे ट्रु, गोर्खाली तोप, यथार्थ बालेनका चर्चित गीत हुन् । स्पोटीफाइका पछिल्लो तथ्यांकअनुसार प्लाटफर्ममा उनलाई मासिक १५ हजार ७०० पटक सुन्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?