+
+

केन्द्रीय समितिमा प्रचण्डले राख्दैछन् पार्टी रुपान्तरण र पुनर्निर्माणसम्बन्धी प्रतिवेदन

२१ पुसबाट सुरु हुने केन्द्रीय समिति बैठकमा पेश हुने प्रतिवेदनमा वैचारिक, राजनीतिक, सांगठनिक, सांस्कृतिक विषय, आगामी कार्ययोजना र संगठनात्मक प्रस्ताव समेटिएका छन्

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १८ गते १६:३२

१८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक २१ पुसबाट सुरु हुँदैछ ।

धुम्बाराहीको शंखपार्कमा रहेको स्मार्ट दरबार बैंक्वेटमा बिहान ११ बजेबाट बस्ने बैठकमा देशभरबाट आउने माओवादीका केन्द्रीय समिति सदस्यहरू सहभागी हुनेछन् ।

बैठकका एजेन्डाबारे आजबाट स्थायी समिति बैठकमा छलफल सुरु भएको छ । पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् ।

‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शीर्षक मा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन तयार पारिसकेका छन् । प्रतिवेदनमा वैचारिक, राजनीतिक, सांगठनिक, सांस्कृतिक विषय, आगामी कार्ययोजना र संगठनात्मक प्रस्ताव समेटिएको प्रवक्ता सापकोटाले जानकारी दिए ।

राजनीतिक प्रतिवेदन मोटामोटी तयार भइसके पनि तीन दिनसम्म चल्ने स्थायी समितिको बैठकका सुझावलाई समेत समेटेर प्रतिवेदनलाई पूर्णता दिने तयारीमा प्रचण्ड रहेका छन् ।

प्रवक्ता सापकोटाले २१ पुसबाट सुरु हुने केन्द्रीय समिति बैठकको सुरुमा पार्टी अध्यक्षले ब्रिफिङ गर्ने, त्यसपछि सबै प्रदेशका अध्यक्षले ब्रिफिङ गर्ने र पार्टी अध्यक्षले राजनीतिक प्रतिवेदन पेश गर्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?