+
+

केयू उपकुलपतिका लागि आवेदन माग

काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपति नियुक्तिका लागि आवेदन माग गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १८ गते १७:२३

१८ पुस, काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपति नियुक्तिका लागि आवेदन माग गरिएको छ । उपकुलपति छनोट सिफारिस समितिले बिहीबार १० दिनको समय दिएर खुला आवेदन माग गरेको हो ।

छनोट समितिका संयोजक पूर्वउपकुलपति सुरेशराज शर्माका अनुसार केयू बारिहका व्यक्तिले पनि उपकुलपतिका लागि आवेदन दिन पाउने गरी कार्यविधि बनाइएको छ । ‘इच्छुक सबैले आवेदन दिन पाउनु हुन्छ,’ उनले भने ।

मान्यताप्राप्त विश्वविद्यालयबाट विद्यावारिधि वा सो सरहको उपाधि प्राप्त गरेको व्यक्तिले उपकुलपतिका लागि आवेदन दिन सक्ने छन् ।

त्यसैगरी कार्यविधिअनुसार कुनै पनि विश्वविद्यालयको प्राध्यपक पदमा नियुक्त भई काम गरेको अनुभव र दरखास्त दिनुअघि कुनै पनि राजनीतिक दलको सदस्य नरहेको व्यक्तिले पनि उम्मेदवारी दिन पाउने छन् ।

६ माघदेखि उपकुलपति प्राडा भोला थापाको चार वर्षे कार्यकाल सकिन लागेकाले नयाँ उपकुलपति छनोट गर्न लागिएको हो ।

समितिमा प्राडा अर्जुन कार्की र पूर्वशिक्षा सचिव जनार्दन नेपाल सदस्य छन् ।

हेर्नुहोस् कार्यविधि :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?