+
+

पर्यटन र एयरलाइन्सका समस्या हल गर्न बृहत भेला हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १८ गते १७:३३
फाइल तस्वीर

१८ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन र एयरलाइन्सका विद्यमान समस्या हल गर्न चाँडै बृहत भेला गर्ने बताएका छन् ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा उनले पर्यटन र एयरलाइन्समा जारी समस्या हल गर्न सबै सरोकारवाला समेटेर बृहत भेला गर्न लागेको बताएका हुन् ।

‘पर्यटन क्षेत्रका समस्यादेखि एयरलाइन्ससम्मका समस्या हल गर्न बृहत रूपमा छलफलका लागि भेला गर्दैछौं, त्यसमा समितिको साथ र सहयोगको अपेक्षा गरेका छौं,’ पाण्डेले भने, ‘पोखरा र भैरहवा विमानस्थल नियमित सञ्चालन गर्न हामी समीक्षा गरिरहेका छौं, केही निकाय त्यहाँ गएपछि दुई विमानस्थल नियमित सञ्चालन हुनेछन् ।’

पर्यटन क्षेत्रको विकासका लागि तीन तहको सरकारलाई जोड्न सरोकारवालाको दुई बैठक सम्पन्न भइसकेको समेत उनले बताए ।

उनले पर्यटन र संस्कृति नीति अन्तिम चरणमा रहेकोे र नागरिक उड्डयन सम्बन्धी विधेयक मन्त्रिपरिषद्ले पास गरिसकेको जानकारी गराए ।

मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेले पूँजी, प्रविधि र जनशक्तिको सीमितताका कारण अपेक्षा अनुसार काम गर्न नसकिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?