+
+

टप १० ब्रोकर कम्पनीमध्ये ७ को खरिद धेरै, कति गरे किनबेच ?

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १८ गते १७:४८

१८ पुस, काठमाडौं । साताको अन्तिम कारोबार दिन कुल ४ अर्ब ६० करोडको कारोबार भयो । अघिल्लो दिनको तुलनामा यो रकम १ अर्ब बढी हो ।

बिहीबारको कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३६ प्रतिशत हो । यस दिन टप १० ब्रोकर कम्पनीमार्फत कुल १ अर्ब ६६ करोड रुपैयाँको खरिद हुँदा १ अर्ब ६५ करोड रुपैयाँको धितोपत्र बिक्री भएको छ ।

यस दिन अधिकांश ब्रोकर कम्पनीको खरिद धेरै देखिन्छ । टप १० मध्ये ७ मार्फत खरिद धेरै देखिएको छ भने बाँकी ३ मार्फत बिक्री धेरै भएको छ । दिपशिखा, नासा, भिजन, हातेमालो, क्यापिटल, अनलाइन र श्रीकृष्णमार्फत खरिद धेरै भएको छ । त्यस्तै दिव्या, इम्पेरियल र सनीमार्फत बिक्री धेरै भएको छ ।

यस दिन सबैभन्दा धेरै कारोबार गर्नेमा दिव्या सेक्युरिटी छ । दिव्यापछि दिपशिाखा र नासा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । यस दिन धेरै कारोबार हुने कम्पनीमा न्यादी हाइड्रोपावर, हिमालयन डिस्टिलरी, कर्पोरेट डेभलपमेन्ट बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर, रिभरफल्स पावर, नेपाल फाइनान्स क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?