+
+

यती एयरलाइन्सको ‘यती ट्राभल कार्ड’ योजना : २५ हजारमा १० टिकट

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १८ गते १८:४३

काठमाडौं । नयाँ वर्ष सन् २०२५ को अवसरमा निजी क्षेत्रको वायुसेवा प्रदायक यती एयरलाइन्सले ‘२५ हजारमा नेपाल भ्रमण’ योजना सार्वजनिक गरेको छ ।

‘यती ट्राभल कार्ड’ अघि सार्दै यती एयरलाइन्सले यो योजना घोषणा गरेको हो ।

यस योजना अन्तर्गत, ग्राहकले एकमुस्ट २५ हजार रुपैयाँ भुक्तानी गरेर ‘यती ट्राभल कार्ड’ खरिद गरी यसको सदस्यता लिन सक्नेछन् । उक्त कार्डमार्फत सदस्यले यती एयरलाइन्सले उडान भर्ने जुनसुकै गन्तव्यहरूमा ४ महिनाभित्र १० पटकसम्म यात्रा गर्न सकिने यती एयरलाइन्सले जनाएको छ ।

एयरलाइन्सका अनुसार टिकट अन्य व्यक्तिलाई हस्तान्तरण गर्न भने पाइने छैन र नेपाली यात्रुलाई मात्र लागु गरिएको छ ।

यती एयरलाइन्सले धेरै यात्रा गरिरहने व्यक्तिहरू र कर्पोरेट ग्राहकलाई लक्षित गर्दै सो कार्ड सेवा सञ्चालनमा ल्याएको हो ।

उक्त योजनाबारे थप जानकारी यती एयरलाइन्सको आधिकारिक वेबसाइट (www.yetiairlines.com) बाट लिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?