
१८ पुस, काठमाडौं । नेपालभरि सञ्चालनमा रहेका तारे होटलमा ४ हजार १ सय ९८ ‘डिलक्स रुम’ रहेको पाइएको छ ।
केन्द्रीय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण’ अनुसार नेपालभरि १ सय २६ तारे होटल छन् । जसमा कुल ८ हजार ४ सय ९६ रुम (कोठा) छन् । जसमध्ये डिलक्स र सुपर डिलक्स रुम संख्या ४ हजार १ सय ९८ छ । तारेबाहेक होटलमा भने ३ हजार ४ सय ९५ डिलक्स रुम छ ।
नेपालमा तारे, ताराविहीन, रिसोर्ट र होमस्टेमा गरी कुल ३० हजार ८ सय २८ रुम रहेको देखिन्छ । तारे होटलमा एकमात्र बेड भएका कोठा १ हजार ३ सय ७२ र दुई वा त्यसभन्दा धेरै बेड भएका कोठा १ हजार ९ सय ५ छ ।
प्रदेश अनुसार सबैभन्दा धेरै रुम बागमतीमा छन् । यहाँका होटलमा १४ हजार १ सय ३७ रुम छन् । सबैभन्दा कम कर्णालीमा छ । यहाँ होटलमा ७ सय ३ मात्र रुम छन् ।
कुन स्तरका होटलमा कति रुम ?
- तारे होटल : ८,२९४
- ताराविहीन/लज : १९,१७५
- रिसोर्ट : ३,१९७
- होमस्टे : १६२
प्रतिक्रिया 4