
१८ पुस, धनगढी । सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोग उपाध्यक्षमा जीवन राना नियुक्त भएकी छन् ।
बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले रानालाई नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।
आयोगको सदस्यमा डा. हिरा चन्द र शेरबहादुर भण्डारीलाई नियुक्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
उपाध्यक्षमा नियुक्त भएकी राना र सदस्यद्वयले बिहीबार नै पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
रानालाई मुख्यमन्त्री कमलबहादुर शाहले शपथ ग्रहण गराएका हुन् । उनी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पनि हुन् ।
रानाले द सोसियो कल्चर अफ राना थारू विषयमा विद्यावारिधि गरेकी छन् भने एजुकेसन प्लानिङ म्यानेजमेन्टमा स्नाकोत्तर गरेकी छन् । उनी राना थारू समाजकी पूर्वअध्यक्ष पनि हुन् ।
सदस्यद्वयलाई उपाध्यक्ष रानाले सपथ खुवाएकी थिइन् ।
प्रतिक्रिया 4