+
+

निर्माणमा प्रयोग हुने सवारी प्रदूषण जाँच गराउन डंगोलको निर्देशन

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले पूर्वाधार निर्माण कार्यमा प्रयोग हुने सवारीसाधनहरूको प्रदूषण जाँच गराउन निर्देशन दिएकी छन्  ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १८ गते १८:५९

१८ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले पूर्वाधार निर्माण कार्यमा प्रयोग हुने सवारीसाधनहरूको प्रदूषण जाँच गराउन निर्देशन दिएकी छन्  ।

चावहिल गणेशस्थान मार्गको कालोपत्रे गर्न प्रयोग गरिएका सवारीसाधनले धुवाँ फालेको देखेपछि उनले यस्तो निर्देशन दिएकी हुन् ।

‘तपाईंहरूले निर्माण कार्यमा प्रयोग गर्नुभएका सवारीसाधन प्रदूषण जाँच गराउन लैजानुहोला । हरियो स्टिकर भएका सवारीसाधन मात्र निर्माण कार्यमा प्रयोग गर्नुहोला,’ उनले भनिन् ।

पूर्वाधार सुधार गरेर काठमाडौँलाई धुलोरहित सहर बनाउने महानगरको ‘धुलोरहित सडक’ कार्यक्रम अहिले लागु छ । यो ३ वर्षसम्म सञ्चालन हुने बहुवर्षिय योजना हो । यसका लागि हरेक वर्ष करिब १ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

बिहीबार योजना अनुगमनका क्रममा उनले सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी र विभागका प्रमुख सुरज शाक्यसँग प्राविधिक पक्ष र स्थानीयबासीसँग सामाजिक प्रभावबारे जानकारी लिएकी थिइन् ।

उपप्रमुख डंगोलले सडक कालोपत्रे गर्न प्रयोग गरिएको बिटुमिनको मात्रा तथा गुणस्तर, कालोपत्रको मोटाइ, कम्प्याक्सन (खँदिलोपना), निर्माण सामग्रीको मिश्रण, तापक्रम मापनबारे अवलोकन गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?