+

यस्तो छ जय ट्रफी खेल्ने पुलिसको टोली, आरिफले कप्तानी गर्ने

२०८१ पुष  १८ गते २१:१४ २०८१ पुष १८ गते २१:१४
यस्तो छ जय ट्रफी खेल्ने पुलिसको टोली, आरिफले कप्तानी गर्ने

१८ पुस, काठमाडौं । जय ट्रफी एलिट कप दुई दिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबको कप्तानी आरिफ शेखले गर्ने भएका छन् ।

नियमित कप्तान दीपेन्द्रसिंह ऐरी आइएल टी२० क्रिकेट खेल्न यूएई जाने भएपछि आरिफले पुलिसको कप्तानी गर्न लागेका हुन् ।

पुलिसले जय ट्रफीका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ जसमा राष्ट्रिय टिमका अधिकांश खेलाडी छन् । राष्ट्रिय टिमका कुशल भुर्तेल, करण केसी, गुल्सन झा, ललित राजवंशी, आरिफ शेख, सागर ढकालजस्ता खेलाडी रहेको पुलिसको टोली बलियो देखिएको छ ।

पुलिसको मुख्य प्रशिक्षकमा मन्जित श्रेष्ठ छन् । यस्तै चित्र बहादुर विष्ट व्यवस्थापक तथा सहायक प्रशिक्षक र विजय कुमार धिताल एनालिस्टको भूमिकामा छन् ।

खेलाडी तथा अफिसियलहरुलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले शुभकामना दिई बिदाई गरेका थिए ।

जय ट्रफी एलिट कपमा पुलिससहित त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेश प्रदेशले प्रतिस्पर्धा गर्नेछन् । जय ट्रफी रातो बल र सेतो जर्सीको प्रयोगमा खेलाइनेछ ।

जय ट्रफी खेल्ने अर्को टिम बागमती प्रदेशले सन्दीप लामिछानेको कप्तानीमा अन्तिम टोली घोषणा गरिसकेको छ ।

पुलिसको टोली
आरिफ शेख (कप्तान), कुशल भुर्तेल, अमित श्रेष्ठ, दिलिप नाथ, श्रवण यादव, सुनिल दौल्यान, ललित राजवंशी, सागर ढकाल, शंकर राना, अभिनाश कर्ण, राशिद खान, गुल्सन झा, करण केसी, अर्जुन साउद, दिपक सेरेला

अफिसियल
चित्र बहादुर विष्ट : म्यानेजर र सहायक प्रशिक्षक
मन्जित श्रेष्ठ : मुख्य प्रशिक्षक
विजय कुमार धिताल : एनालिस्ट

आरिफ शेख जय ट्रफी एलिट कप नेपाल पुलिस क्लब
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय