+
+

एमसीसी बोर्डले गर्‍यो करिब ७ अर्ब अनुदान थप्ने प्रस्ताव पास

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १९ गते १०:०४

१९ पुस, काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपालमा दिने अनुदान ५ करोड अमेरिकी डलर (करिब ६ अर्ब ८५ करोड रुपैयाँ) ले बढाएको छ ।

एमसीसी अनुदानमा बन्ने परियोजना कार्यान्वयनमा ढिलाइ भएपछि त्यसबाट बढ्ने लागत पूर्तिका लागि एमसीसीले अनुदान बढाउने निर्णय गरेको हो ।

अमेरिकी संसद् (कंग्रेस) लाई १८ डिसेम्बरमा एमसीसीले नेपाललाई अनुदान सहयोग वृद्धि गर्न चाहेको बारे सूचना दिएको थियो । विहीबार बसेको एमसीसीको बोर्ड अफ डाइरेक्टर्सको बैठकले नेपाल कम्प्याक्टका लागि थप ५० मिलियन डलर अनुदान थप्ने प्रस्ताव अनुदान स्वीकृत गरेको हो ।

‘थप गरिएको अनुदानले नेपालको विद्युत् ग्रिडलाई सुदृढ पार्न र दीर्घकालीन आर्थिक वृद्धिलाई सहयोग पुर्‍याउन कम्प्याक्टको सफलतालाई सुनिश्चित गर्न हाम्रो आपसी समर्पणलाई पुनः पुष्टि गर्दछ,’ एमसीसीका कम्प्याक्ट अपरेसनका उपाध्यक्ष क्यामरन अल्फोर्डले भने ।

एमसीसीले अनुदान बढाएपछि यस अन्तर्गतका परियोजना कार्यान्वयनमा कुल ७४ करोड ७० लाख अमेरिकी डलर अर्थात् करिब १ खर्ब २ अर्ब रुपैयाँ लगानी हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?