+
+

गजेन्द्र दास हत्याका आरोपी २ वर्षपछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १९ गते ११:१५

१९ पुस, काठमाडौं । रौतहटको राजदेवी नगरपालिका–१ का गजेन्द्र दासको हत्या आरोपी दुई वर्षपछि पक्राउ परेका छन् ।

दासको हत्या आरोपमा रामनरेश राय यादवलाई प्रहरीले पक्राउ गरेको हो । रौतहटको राजदेवी–१ का २० वर्षीय यादवलाई जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले बुधबार पक्राउ गरेको हो ।

दासको २४ फागुन २०७९ मा हत्या भएको थियो । यादवले २५ वर्षीय दासलाई कुटपिट गरी हत्या गरेको आरोप छ ।

अनुसन्धानमा सहयोग गरेमा सजायमा छुट हुने व्यवस्था अनुसार उनको परिवारलाई कानूनी परामर्श गरिएको थियो । त्यसपछि यादव प्रहरी कार्यालयमा आफैं उपस्थित भएको रौतहटका इन्सपेक्टर रामकुमार महतोले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?