+
+

रामचरण स्टारर ‘गेम चेन्जर’ ट्रेलर : भ्रष्ट मुख्यमन्त्रीविरुद्ध नायक प्रतिरोधको कथा

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १९ गते १२:०५

काठमाडौं । राम चरण र कियारा आडवाणी अभिनित तेलुगु फिल्म ‘गेम चेन्जर’को ट्रेलर सार्वजनिक भएको छ । हैदराबादमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक एसएस राजामौलीले ट्रेलर सार्वजनिक गरे ।

शंकर निर्देशित यस फिल्मलाई सन् २०२५ को बहुप्रतीक्षित भारतीय फिल्ममध्ये एक मानिएको छ । ट्रेलरमा एक्सन, इमोसन, ड्रामाजस्ता मनोरञ्जनात्मक तत्व सामेल छन् ।

फिल्ममा रामचरण बाबुछोराको दोहोरो भूमिकामा देखिनेछन् । ट्रेलरमा रामचरण आईएएस अफिसरको रोलमा छन् । उक्त पात्र मानिसलाई होर्डिङको पासोमा नपर्न आग्रह गर्दै गरेको दृश्यबाट ट्रेलर सुरु हुन्छ ।

त्यसपछि रामचरण धेरै भूमिकामा चित्रण छन् । भ्रष्ट मुख्यमन्त्रीविरुद्ध एक्सन लिएको दृश्यपछि कथावस्तु गहिराइमा अघि बढ्छ । फिल्ममा रामचरणको प्रेमिकाको भूमिका निर्वाह गरेकी बलिउड अभिनेत्री कियारा आडवाणीले आफ्नो सौन्दर्य र आकर्षणले दर्शकको हृदय स्पर्श गर्न सफल भएकी छन् ।

ट्रेलरमा रामचरण मुख्यमन्त्रीलाई प्रश्न गर्छन्– ‘तपाईं सत्तामा पाँच वर्ष रहन सक्नुहुन्छ । तर म मृत्युपर्यन्त आईएएस अफिसर बन्नेछु ।’ उनको यो स्वागले दर्शकलाई प्रभावित तुल्याउन सक्छ । एक हातमा तरवार लिएर हेलिकप्टरबाट झुण्डिएर लुंगी लगाएका रामचरणको दृश्यसँगै ट्रेलरको अन्त्य हुन्छ ।

यो एक्सन थ्रिलरमा राम चरणसँगै अञ्जली, समुथिराकनी, सूर्या, श्रीकान्त, प्रकाश राज र सुनिलको मुख्य भूमिका छ । फिल्ममा थमन एसले संगीत दिएका छन् । फिल्मको छायांकन हैदराबाद, न्युजिल्याण्ड, विशाखापट्टनम, मुम्बई र चण्डीगढमा गरिएको छ । १० जनवरीमा यो फिल्म रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?