
काठमाडौं । ‘स्क्विड गेम’ फेम्ड दक्षिण कोरियाली स्टार ली जंग जेलाई लोकप्रिय हलिउड फ्रेन्चाइजी श्रृंखला मार्वल सिनेम्याटिक युनिभर्स (एमसीयू)का लागि प्रस्ताव गरिएको जनाइएको छ ।
नेटफ्लिक्स सिरिज ‘स्क्विड गेम’को विश्वव्यापी सफलतापछि अभिनेता जेलाई मार्वल फिल्मको लागि प्रस्ताव राखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि, उनको प्रबन्धक कम्पनीले यसबारे औपचारिक रुपमा बताएको छैन ।
कमिक मुभी र माइ टाइम टु साइनजस्ता चर्चित एक्स (पहिलेको ट्वीटर) एकाउन्टमा यस सम्बन्धी कुरा पोस्ट भएपछि अभिनेता जेको हलिउड डेब्युबारे चर्चा चुलिएको हो । उनलाई कुन भूमिकामा प्रस्ताव गरिएको हो भन्ने खुलाइएको छैन ।
मार्वल स्टुडियो प्रमुख केभिन फेगले अभिनेता जेलाई यसबारे सम्पर्क गरेर कुराकानी गरेको बुझिएको छ । यद्यपि, उनले कुन चरित्रबारे जेसँग कुरा गरे भन्ने खुलाइएको छैन । मिडिया एजेन्सीका अनुसार अभिनेता जेलाई उनले इच्छाएको भूमिकाका लागि छनोट गर्न अनुमति दिइएको छ ।
अभिनेता जे मार्वल सिनेम्याटिक युनिभर्समा सामेल हुने हल्ला आउने पहिलो कलाकार भने होइनन् । गत वर्ष पनि हलिउडको स्पाइडर–म्यान श्रृंखलामा सुपरभिलेन मिस्टर नेगेटिभ खेल्नका लागि कुराकानी गरेको खबर बाहिरिएको थियो ।
सन् २०२२ मा धेरै मिडिया आउटलेटले उनलाई मार्वल स्टुडियोसँग फिल्मका लागि सामेल हुने सम्बन्धमा छलफल गरिरहेको रिपोर्ट गरेका थिए ।
यदि ली जंग जे मार्वल सिनेम्याटिक युनिभर्समा सामेल भए भने उनी त्यसो गर्ने चौथो कोरियाली अभिनेता हुनेछन् । यसअघि ‘एभेन्जर्स : एज अफ अल्ट्रोन’मा क्लाउडिया किम, ‘इटरनल्स’मा मा डोङ सेओक र ‘द मार्भल्स’मा पार्क सेओ जुनले अभिनय गरिसकेका छन् ।
प्रतिक्रिया 4