
काठमाडौं । यस साता युट्युबको संगीत खण्डतर्फ नेपाल ट्रेन्डिङमा विविध जनराका गीतको वर्चस्व छ । सुगम, हिपहपदेखि पार्श्व संगीत ट्रेन्डिङमा लगातार स्ट्रिमिङ भइरहेका छन् ।
सुजन चापागार्इं र सुनिता थेगिमले गाएको गीत ‘मखमली’ ट्रेन्डिङको शीर्षस्थानमा छ । फिल्म ‘ऊनको स्वीटर’मा समावेश गीतलाई शुक्रबार दिउँसोसम्म २९ लाखभन्दा धेरै पटक हेरिएको छ । यो गीतमा हर्क साउदको शब्द र सुजनकै संगीत छ ।
‘मखमली’सहित दुर्गेश थापाको ‘दुश्मन हेरेको हेर्यै’, मिस्टर डीको ‘अख्खा’, एकदेव लिम्बूको ‘झिमझिमाउने आँखा’ लगायतका गीत नेपालीको बाक्लो बसोबास रहेका मुलुकमा समेत युट्युब ट्रेन्डिङमा छन् ।
टंक तिमिल्सिना र शान्तिश्री परियारको स्वर रहेको ‘मन माया’ नेपाल ट्रेन्डिङको पाँचौं स्थानमा छ । टंककै शब्द तथा संगीत रहेको यो गीतमा सुनिता लामगोडले र्याप गाएकी छन् ।
शुक्रबार नेपालसहित विभिन्न मुलुकमा स्ट्रिमिङ भइरहेको ट्रेन्डिङको सूची यहाँ प्रस्तुत गरिएको छ ।
नेपाल ट्रेन्डिङका शीर्ष १० गीत क्रमशः (शुक्रबारसम्म)
१. सुजन चापागाईंको ‘मखमली’
२. दुर्गेश थापाको ‘दुश्मन हेरेको हेर्यै’
३. मिस्टर डीको ‘अख्खा छ’
४. भिटेनको ‘जो जो’
५. टंक तिमल्सिना र शान्तिश्री परियारको ‘मन माया’
६. एकदेव लिम्बूको ‘झिमझिमाउने आँखा’
७. ५:५५ को ‘बूढी २’
८. सुजन चापागाईंको ‘एक्लै भए नि’
९. फिल्म ‘पुष्पा २’ को ‘किसिक’
१०. फिल्म ‘पुष्पा २’ को ‘द कपल सङ’
यूएई ट्रेन्डिङमा
– सुजन चापागाईंको ‘मखमली’ – चौथो स्थानमा
– दुर्गेश थापाको ‘दुश्मन हेरेको हेर्यै’ – पाँचौं स्थानमा
– भिटेनको ‘जो जो’ – आठौं स्थानमा
अस्ट्रेलिया ट्रेन्डिङमा
– सुजन चापागाईंको ‘मखमली’ – दोस्रो स्थानमा
– मिस्टर डीको ‘अख्खा छ’ – ३० औं स्थानमा
कतार ट्रेन्डिङमा
– दुर्गेश थापाको ‘दुश्मन हेरेको हेर्यै’ – तेस्रो स्थानमा
– सुजन चापागाईंको ‘मखमली’ – छैटौं स्थानमा
– सुजन चापागाईंको ‘एक्लै भए नि’ – २८ औं स्थानमा
कुवेत ट्रेन्डिङमा
– सुजन चापागाईंको ‘मखमली’ – ३० औं स्थानमा
माल्टा ट्रेन्डिङमा
– सुजन चापागाईंको ‘मखमली’– शीर्षस्थानमा
– एकदेव लिम्बुको ‘झिमझिमाउने आँखा’ – चौथो स्थानमा
प्रतिक्रिया 4