+
+

राप्रपाको प्रस्ताव : कर्मचारीमा ट्रेड युनियन राख्दै नराखौं

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १९ गते १३:५२
बुद्धिमान तामाङ । फाइल फोटो ।

१९ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निजामती कर्मचारीमा ट्रेड युनियन नै नराख्ने प्रस्ताव गरेको छ । संघीय निजामती सेवा विधेयकमाथिको छलफलमा राप्रपाका सांसद बुद्धिमान तामाङले सरकारी राज्य कोषबाट तलब खानेको ट्रेड युनियन हुन नहुने बताएका हुन् ।

‘वेतनधारीको ट्रेड युनियन हुन हुदैन यो हाम्रोमा गलत भइरहेको छ’, तामाङले भने, ‘यसकारण निजामती कर्मचारीमा ट्रेड युनियन रहनै हुँदैन । यो हाम्रो पार्टीको आधिकारिक धारणा हो ।’

पार्टीको धारणा अनुसार आफूले संशोधन समेत राखेको उल्लेख गर्दै उनले पार्टीले बेतनधारीहरुको संगठन बनाउन छाडेको र भएको पनि विघटन गर्दै गएको बताए । ‘हामीले त शिक्षक संगठन बन्द नै गरिसक्यौं’ उनले भने ।

राज्य व्यवस्था समितिको बैठकमै लोकसेवा आयोगले भने निजामतीमा एउटा मात्रै आधिकारिक ट्रेड युनियन रहनु ठिक हुने राय व्यक्त गरेको छ । समितिको बैठकमा बोल्दै लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीले यस्तो प्रस्ताव राखेका हुन् ।
आयोगको तर्फबाट समितिको बैठकमा संघीय निजामती सेवा विधेयकमाथी सुझाव राख्दै अध्यक्ष रेग्मीले एउटा आधिकारिक ट्रेड युनियन राख्दा हुने बताएका हुन् । ‘एक मात्र आधिकारिक ट्रेड युनियनमा केन्द्रित गरिनुपर्छ’, अध्यक्ष रेग्मीले भने ।

राप्रपा सांसद तामाङले लोकसेवा बाटै यस्तो प्रस्ताव आउनु उचित नरहेको भनेर पनि असन्तुष्टि जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?