+
+

प्रचण्डलाई लक्षित गर्दै बर्तौलाले भने- फेरि भेटै नहुनेजस्तो नगरिदिनू

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १९ गते १४:०८

१९ पुस, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले समाजलाई विभाजित हुने किसिमका अभिव्यक्तिहरू राजनीतिक नेतृत्वले दिन नहुने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेताहरूको अभिव्यक्ति, व्यवहार र कार्यशैली समाजलाई विभाजित गर्ने परिस्थितितर्फ उन्मुख भएको जिकिर गरे ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै भविष्यमा कतै भेटै नहुने जस्तो गरेर अभिव्यक्ति नदिन पनि उनको आग्रह थियो । अध्यक्ष प्रचण्ड पनि सोही कार्यक्रममा सहभागी हुन पुगेका थिए ।

सँगै मञ्चमा रहेका प्रचण्डतर्फ लक्षित गर्दै उनले भनेका छन्, ‘हरेकले के सोच्नुपर्छ भने आगामी यात्रामा, कुनैपनि घुम्तीमा कहिले पनि भेटै नहुने गरी अभिव्यक्तिहरू आउने कुराले नेपालको राजनीति सफा हुन खोजिरहेको छैन ।’

उनले राजनीतिक नेतृत्वले समाजमा जहिले पनि सकारात्मक सन्देश सम्प्रेषण गर्न जरुरी रहेको पनि बताए । पदहरू अस्थायी रहेकाले सहिष्णुता कायम गर्ने र मुलुक र जनतालाई केन्द्रमा राखेर अघि बढ्ने कुरा नै स्थायी हुने उनले उल्लेख गरे ।

‘राजनीतिक नेतृत्वले समाजमा जहिले पनि सकारात्मक सन्देश सम्प्रेषण गर्नैपर्छ । त्यो सूचना समप्रेषण गर्ने आज राजनीतिक दल र नेतृत्व पनि हो । त्यो ठाउँबाट हामीले ठिक ढंगको सन्देश सम्प्रेषण गर्ने प्रक्रिया आरम्भ गर्नुपर्छ,’ उनले भने, ‘पदहरू भनेको अस्थायी कुराहरू हुन् । स्थायी कुरा भनेको सहिष्णुता कायम गर्ने, मुलुक र जनतालाई केन्द्रमा राखेर अघि बढ्ने कुरा पनि हो । यि कुरामा पनि हामीले ध्यान दिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?