+
+

ग्लोबल आईएमई बैंकको वार्षिकोत्सवमा ७५७ ले गरे रक्तदान

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १९ गते १४:१४

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडको १८औं वार्षिकोत्सवको अवसरमा आयोजित बृहत रक्तदान कार्यक्रममा ७५७ जनाले रक्तदान गरेका छन् ।

ग्लोबल आईएमई बैंक १८ पुसदेखि १८ वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गरेको छ । यही अवसरमा बैंकले सातै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमका साथै निःशुल्क आँखा जाँच, रक्तचाप तथा मधुमेह परीक्षण कार्यक्रम सञ्चालन गरेको थियो ।

कोशी प्रदेशको तीनपैनी शाखा, मधेश प्रदेशको जनकपुर शाखा, बाग्मती प्रदेशको कान्तिपथ शाखा र नारायणगढ शाखा, गण्डकी प्रदेशको पोखरा न्यूरोड शाखा, लुम्बिनी प्रदेशको मिलनचोक बुटवल शाखा र नेपालगञ्ज शाखा, कर्णाली प्रदेशको सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेशको धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा ७५७ रक्तदाताहरूले रक्तदान गरेका छन् । यसैगरी, ११९ जनाको आँखा जाँच गरिनुका साथै २०० जनाको रक्तचाप तथा मधुमेहको परीक्षण गरी आवश्यक परामर्श प्रदान गरिएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?