+
+

जुबिन नौटियालको पहिलो काठमाडौं कन्सर्ट फागुन १७ मा

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १९ गते १४:१६

काठमाडौं । भारतीय गायक जुबिन नौटियालले आउँदो १७ फागुन (१ मार्च) मा पहिलोपटक नेपालमा सांगीतिक प्रस्तुति दिने भएका छन् । बलिउडका चर्चित पार्श्व गायक समेत रहेका जुबिनको काठमाडौंमा च्यारिटी कन्सर्ट हुन लागेको हो ।

काठमाडौंको हायात रिजेन्सी ग्राउन्डमा उनको लाइभ प्रस्तुति रहने जनाइएको छ । यो च्यारिटी कन्सर्टबाट प्राप्त हुने रकम अटिजम भएका व्यक्तिका लागि खर्च गरिने भएको छ ।

एन–अटिजम केयर फाउण्डेसनले कन्सर्ट आयोजना गरेको हो । यसअघि २९ मंसिरमा कन्सर्ट मिति तय गरिएको थियो तर पोस्टपोन्ड भयो । टिकट पार्टनरको रुपमा रहेको खल्तीले टिकट बिक्री थालेको खल्तीका चिफ बिजनेस अफिसर अविनाश गुप्ताले बताए ।

सन् २०१४ मा रिलिज भएको बलिउड फिल्म ‘सोनाली केबल’मा पार्श्व गायन गर्दै सांगीतिक करिअर थालेका नौटियालले नेपाली फिल्म ‘प्रेमगीत ३’ को हिन्दी संस्करणमा समेत स्वर दिएका छन् ।

उनले गाएको फिल्म ‘शेरशाह’को गीत ‘रात लम्बियाँ’, अर्को फिल्म ‘बजरंगी भाइजान’को ‘जिन्दगी कुछ तो बता’, ‘तु सुरज में साँझ’ लगायत हिट छन् । यी गीतका लागि उनले आइफा, फिल्मफेयर र मिर्ची अवार्ड जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?