+
+

लोकसेवा आयोगका अध्यक्ष भन्छन् : सरकारी कर्मचारीको ‘आकार व्यवस्थापन’ गर्नैपर्छ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १९ गते १४:३०
फाइल फोटो।

१९ पुस, काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीले सरकारी कर्मचारीको ‘राइट साइजिङ’ गर्नैपर्ने बताएका छन् । शुक्रबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

यसअघि पनि राज्य व्यवस्था समितिको बैठकमै अध्यक्ष रेग्मीले नेपालमा कर्मचारी बढी रहेको बताएका थिए । उक्त अभिव्यक्ति स्मरण गर्दै माओवादी सांसद दुर्गा राईले ‘कति कर्मचारी आवश्यक हो ?’ भनेर सोधेकी थिइन् ।

जवाफमा रेग्मीले नेपालमा सरकारी कर्मचारीको आकार व्यवस्थापन गर्नैपर्ने बताएका हुन् । उनले भने, ‘बढाउनुपर्छ वा घटाउनुपर्छ भन्दिनँ तर पनि कर्मचारीको राइट साइजिङ गर्नैपर्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?