
१९ पुस, काठमाडौं । बागमती प्रदेश प्रवेश गर्ने मुख्य नाकाहरूमा सुरक्षा पोस्ट राख्ने तयारी थालिएको छ । बागमती प्रदेश सरकारले आफ्नो प्रदेश प्रवेश गर्ने मुख्य आठवटा नाकामा सुरक्षा पोस्ट राख्ने तयारी गरेको हो ।
तीन चरणमा गरेर सुरक्षा पोस्ट राख्ने तयारी थालिएको बागमती प्रदेश सरकारले जनाएकाे छ । पहिलो चरणमा मकवानपुरको राताेमाटे र सिन्धुलीको भीमानमा सुरक्षा पोस्ट राख्ने तयारी अघि बढाइएको छ ।
दोस्रो चरणमा चितवनको मुग्लिन र नारायणगढमा सुरक्षा पोस्ट राख्ने तयारी गरिएको छ । तेस्रो चरणमा सिन्धुलीको नागथान, रसुवाको रसुवागढी, सिन्धुपाल्चोकको कोदारी र दोलखाको लामाबगरमा सुरक्षा पोस्ट राख्ने तयारी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4