+
+

त्रिभुवन विमानस्थलको वार्षिक आम्दानी १३ अर्ब, लामिडाँडाको ४७४ रुपैयाँ !

नागरिक उड्डयन प्राधिकरणले एक वर्षमा विभिन्न कार्यालयबाट गरेको १४ अर्ब ६५ करोड रुपैयाँमध्ये सबैभन्दा कम आम्दानी लामिडाँडा विमानस्थल कार्यालयको छ । यो विमानस्थलबाट एक वर्षमा ४ सय ७४ रुपैयाँमात्र आम्दानी भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १९ गते १५:१२

१९ पुस, काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले एक वर्ष अवधिमा झण्डै १३ अर्ब रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार त्रिभुवन विमानस्थलको आर्थिक वर्ष २०८०/८१ को वार्षिक आम्दानी १२ अर्ब ८६ करोड ६६ लाख छ । यो नेपालमा सञ्चालनमा रहेका विमानस्थलमध्ये सबैभन्दा व्यस्त विमानस्थल समेत हो ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै आम्दानी गर्ने विमानस्थलको दोस्रो स्थानमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छ ।

यो विमानस्थलले ३४ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको छ । यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुचारु हुन नसकेपछि आन्तरिक उडान संख्या बढ्दा आम्दानी सुधार भएको छ ।

तेस्रो स्थानमा भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । यो विमानस्थलको वार्षिक आम्दानी २१ करोड १३ लाख रुपैयाँ रहेको छ । चौथो स्थानमा विराटनगर विमानस्थल छ । यस विमानस्थलको आम्दानी १७ करोड ५६ लाख रुपैयाँ बराबर छ ।

 

उता, कतिपय विमानस्थलबाट भने प्राधिकरणले ज्यादै न्यून आम्दानी गर्ने गरेको छ । प्राधिकरणले एक वर्षमा विभिन्न कार्यालयबाट गरेको १४ अर्ब ६५ करोड रुपैयाँमध्ये सबैभन्दा कम आम्दानी लामिडाँडा विमानस्थल कार्यालयको छ । यो विमानस्थलबाट एक वर्षमा ४ सय ७४ रुपैयाँमात्र आम्दानी भएको छ ।

त्यस्तै डोटीस्थित प्राधिकरण कार्यालयको आम्दानी ९ हजार ४ सय ७५ रुपैयाँ रहेको छ । रुम्जाटार विमानस्थल कार्यालयले १० हजार ६ सय ७८ रुपैयाँ आम्दानी गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?