+
+

मुख्यमन्त्री कार्यालयमा राजीनामा दिएका गौतमले सम्हाले मधेश लोकसेवा आयोगको सचिवको जिम्मेवारी

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १९ गते १५:३१

१९ पुस, जनकपुरधाम । मधेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को‌ कार्यालयमा राजीनामा दिएर फर्केका सहसचिव दामोदर गौतमले जिम्मेवारी सम्हालेका छन् । उनले मधेश प्रदेश लोकसेवा आयोगको सचिव पदको जिम्मेवारी सम्हालेका हुन् ।

मुख्यमन्त्री कार्यालयका सूचना अधिकारी उपसचिव जयकुमार राउतका अनुसार ११ गते सहसचिव गौतमले प्रदेश लोकसेवा आयोगको पदस्थापन पत्र बुझे थिए । सोही दिन सहसचिव गौतमले मधेश लोकसेवा आयोगको सचिवको जिम्मेवारी सम्हालेको आयोगका प्रवक्ता गंगेशगुञ्जन झाले जानकारी दिए ।

उनै सहसचिव गौतमले पुस ५ गते मुख्यमन्त्री कार्यालयमा हस्तलिखित राजीनामा पत्र बुझाएर काठमाडौं फर्केका थिए । उनी केन्द्र सरकारको पर्यटन मन्त्रालय अन्तर्गतको राष्ट्रिय अभिलेखालयबाट सरुवा भएर मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा पुस ४ गते आएका थिए । भोलिपल्ट पुस ५ गते पुनः पदस्थापनको लागि मुख्यमन्त्री कार्यालय पुगेका थिए ।

प्रमुख सचिवको कार्यकक्षबाट निस्केपछि तनावमा देखिएका उनी अचानक राजीनामा पत्र लेखेर बाहिरिएका थिए । सहसचिव गौतमले प्रमुख सचिव पौडेललाई सम्बोधन गरेको हस्तलिखित राजीनामा पत्रमा स्वास्थ्य प्रतिकूलताको कारण काम गर्न असमर्थ रहेको व्यहोरा उल्लेख छ ।

कार्यालय स्रोतका अनुसार पदस्थापनको विषयमा प्रमुख सचिव पौडेलसँग गौतमको विवाद भएको थियो । राजीनामापछि पुस ७ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकबाट उनको मधेश प्रदेश लोकसेवा आयोगमा पदस्थापन गर्ने निर्णय भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?