
काठमाडौं । मिस एन्ड मास्टर नेपाल वर्ल्ड २०२४ सम्पन्न भएको छ । मिस नेपाल लिटल वर्ल्डको जुनियर खण्डतर्फकोे उपाधि इश्मा अधिकारीले प्राप्त गरिन् । कलश मानन्धर फस्ट रनरअप, कृतिका थानी सेकेन्ड, दृश्ना चापागाईं र जिबिका जिसीले संयुक्त रूपमा थर्ड रनरअपको उपाधि जिते ।
सिनियरतर्फ अभिदी विश्वकर्माले उपाधि जितिन् । यो खण्डमा फस्ट रनरअप पिन्छेन तामाङ, सेकेन्ड रनरअप असृ रुपाचा भइन् । मास्टर्स लिटल नेपालको उपाधि सफर लामिछानेले हासिल गरे । फस्ट रनरअप गबिस जीसी र सेकेन्ड रनरअपको उपाधि सिमोन अधिकारीले हासिल गरे ।
जुनियरतर्फ मुख्य निर्णायकमा सरिता ज्ञवाली र सिनियरतर्फ पूर्वमिस नेपाल उषा खड्गी थिए । चलचित्र विकास बोर्डको हलमा आयोजित समारोहमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलमान पाख्रिन प्रमुख अतिथिका रुपमा सहभागि थिए
सो अवसरमा सहभागि बालबालिकाले कला प्रस्तुति दिएका थिए । पहिलो, दोस्रो र तेस्रो हुनेलाई अवार्डसहित गिफ्ट ह्याम्पर प्रदान गरियो । विजेताले आउँदो मार्चमा आयोजना हुने मास्टर लिटलको अन्तर्राष्ट्रिय पेजेन्ट मिस लिटल इन्टरनेसनलमा मुलुकको प्रतिनिधित्व गर्नेछन् ।
प्रतिक्रिया 4