
१९ पुस, काठमाडौं । लगानी बोर्ड र सम्राट सिमेन्टबीच १५ अर्ब रुपैयाँ बराबरको परियोजना कार्यान्वयन गर्ने सम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
शुक्रबार लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवाली र सम्राट सिमेन्टका अध्यक्ष अनिलकुमार रुंगटाबीच एमओयूमा हस्ताक्षर भएको बोर्डले जनाएको छ । बोर्डको ४४औं बैठकले सम्राट सिमेन्टमा १५ अर्ब रुपैयाँ लगानी गर्न स्वीकृति दिएको थियो ।
कार्यक्रममा सीईओ ज्ञवालीले कम्पनीको लगानी कार्यान्वयन प्रक्रिया अगाडि बढेकोमा बधाई दिएका थिए । कम्पनी अध्यक्ष रुंगटाले वातावरणमैत्री उत्पादनमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
६ अर्ब रुपैयाँभन्दा माथिका परियोजना लगानी बोर्डमार्फत अगाडि बढाउने प्रावधान छ । सोही अनुसार कम्पनीसँग एमओयूमा हस्ताक्षर भएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4