+

जय ट्रफीका लागि मधेश प्रदेशको अन्तिम टोली घोषणा

२०८१ पुष  १९ गते २०:०९ २०८१ पुष १९ गते २०:०९
जय ट्रफीका लागि मधेश प्रदेशको अन्तिम टोली घोषणा

१९ पुस, काठमाडौं । यही पुस २१ गतेदेखि सुरु हुने जय ट्रफी एलिट कप पुरूष क्रिकेट प्रतियोगिताका लागि मधेश प्रदेशले अन्तिम टोली घोषणा गरेको छ ।

मधेश प्रदेश क्रिकेट संघले शुक्रबार हरिशंकर साहको कप्तानीमा १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो । यसअघि संघले गत शनिबार बन्द प्रशिक्षणका लागि २२ खेलाडीको नाम सार्वजनिक गरेको थियो । त्यसबाट अन्तिम टोली चयन गरिएको हो ।

टोलीमा उपकप्तानमा यू-१९ राष्ट्रिय टिमका खेलाडी अभिषेक तिवारी छन् । टोलीको अन्य खेलाडीमा रुपेश सिंह, मयन यादव, निरज कुमार यादव, साहिल पटेल, भुलावना साहनी, विशाल पटेल, रन्जित कुमार, राजेश यादव, प्रदिप पासवान, अफ्रुदिन रेइन, हिमान्शु दत्त, राहुल मण्डल र सैलेन्द्र शाह छन् ।

यस्तै चार खेलाडीलाई रिजर्भमा राखिएको छ । अरनिको यादव, विशाल सुस्लिङ, राज पटेल र सफवान अली रिजर्भमा छन् ।

जय ट्रफी खेल्ने अन्य तीन टोली बागमती प्रदेश, नेपाल पुलिस र त्रिभुवन आर्मीको पनि अन्तिम टोली घोषणा भइसकेको छ ।

जय ट्रफी एलिट कप मधेश प्रदेश क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय