+
+

कर्तव्य ज्यान मुद्दाका प्रतिवादी १६ वर्षपछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २० गते ९:३२

२० पुस, काठमाडौं । रौतहटमा एक जना कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ परेका छन् ।

कटहरिया नगरपालिका-१ का ५२ वर्षीय जितन महतो नुनियालाई १६ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक उमाशंकर प्रसादले जानकारी दिए ।

पक्राउ परेका जितनलाई म्याद थप गराइ थप अनुसन्धान गरिरहेको उनले बताए । उनीमाथि आफ्नै भाइकी श्रीमती शारदा देवीको हत्या गरेको आरोप छ । शारदाको २०६५ पुस २७ गते खेतमा गाडेको अवस्थामा शव फेला परेको थियो । त्यसबेलादेखि जितन फरार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?