+
+

कांग्रेसले एक्लै चुनाव लड्छ : प्रकाशमान सिंह

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २० गते १३:०३

२० पुस, महोत्तरी । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले आगामी चुनाव एक्लै लडने बताएका छन् ।

नेपाली कांग्रेस महोत्तरी जिल्ला समितिले बर्दिवासमा शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यसका लागि संगठन निर्माणमा लाग्न आग्रह गरे । केही समयअघि भएको उपनिर्वाचनमा यसको अभ्यास भइसकेको उनको भनाइ छ ।

‘आगामी निर्वाचन एक्लै लड्ने भनेर कांग्रेस महासमिति ब‌ैठकले निर्णय गरेर केन्द्रीय समितिले अनुमोदन गरिसकेको छ´, सिंहले भने, ‘पार्टीको मुख्य शक्ति संगठन हो । त्यसैले हामी सबै संगठन सुदृढीकरण गर्न लाग्नुपर्छ ।’

समाजसेवाको सबैभन्दा राम्रो माध्यम राजनीति भएको बताउँदै उनले सेवाभावले सक्रिय हुनुपर्नेमा जोड दिए ।

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्रीसमेत रहेका सिंहले शहरी विकास मन्त्रालयबाट गर्नुपर्ने काम प्रभावकारी रूपमा अघि बढाइरहेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?