+
+

माओवादी स्थायी समिति बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २० गते १५:३८

२० पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । शनिबार दिउँसो २ बजे बस्नेगरी तय भएको बैठक अन्तिम समयमा स्थगित भएको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण आजको बैठक स्थगित गरिएको प्रवक्ता समेत रहेका उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले अनलाइनखबरलाई जानकारी दिए ।

‘अध्यक्षको कार्यव्यस्तताका कारण आजको बैठक स्थगित भएको छ,’ उनले भने । उनका अनुसार अर्को बैठक भोलि (आइतबार) बिहान ८ बजे बस्नेगरी तय भएको छ ।

यसअघि बिहीबार र शुक्रबार स्थायी समिति बैठक बसेको थियो ।

बैठकमा आगामी केन्द्रीय समिति बैठकको तयारीबारे छलफल भइरहेको नेताहरूले बताएका छन् ।

माओवादीको केन्द्रीय समिति बैठक भोलिदेखि बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?