+
+

मोरङ कारागारमा रहेका कैदीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २० गते १८:०४

२० पुस, विराटनगर । मोरङ कारागारमा कैद भुक्तान गरिरहेका एक जना कैदीको मृत्यु भएको छ । हाडनाता करणी मुद्दामा दोषी ठहर भइ कैद भुक्तान गरिरहेका बेलबारी नगरपालिका–४ का ६७ वर्षीय अम्मरबहादुर राईको मृत्यु भएको हो ।

जेलर गौरव ढुंगेलका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि राईलाई उपचारका लागि दिउँसो २ः१५ बजेतिर कोशी अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको दिउँसो मृत्यु भएको हो ।

जिल्ला अदालत मोरङले २०७३ साल माघ ९ गते उनलाई १४ वर्ष कैद सजाय सुनाएको थियो । राई २०७३ जेठ २३ गतेबाट कारागारमा थिए । महिला र पुरुष गरी ३ सय क्षमता रहेको मोरङ कारागारमा १ हजार १ सय १० जना कैदीबन्दी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?