+
+

काठमाडौंमा नयाँवर्ष मनाएर फर्किए गोविन्दा, एयरपोर्टमा के भने ?

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २० गते १८:४८
शनिबार काठमाडौं विमानस्थलमा गोविन्दा र किरण केसी । तल्लो तस्वीरमा गोविन्दा पत्नी सुनिता (बायाँ) ।

काठमाडौं । बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनिता आहुजा केही दिन नेपालमा रहे । अंग्रेजी नयाँवर्ष २०२५ मनाउन काठमाडौं आएका उनले पारिवारिक भ्रमण गरे । जनवरी १ मा पत्नी आहुजाले पशुपतिनाथको दर्शन गरिन् ।

नयाँवर्ष मनाएर गोविन्दासहित उनको परिवार शनिबार भारत फर्किएको छ । स्वदेश फर्किने क्रममा अपरान्ह काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई फ्यानले घेरे र फोटो खिचाए ।

सोही क्रममा उनको भेट अभिनेता किरण केसीसँग पनि भयो । केसी र गोविन्दाबीच केहीबेर कुराकानी भयो । केसीले आफ्नो परिचय दिए भने गोविन्दाले पनि नेपाल आफ्नो सासुआमाको घर रहेको र यसमा आफूले गर्व गर्ने बताए । पत्नी सुनितालाई लिएर गोविन्दा बेला बेलामा नेपाल आउँछन् ।

ससुराली पनि काठमाडौंमा भएकाले उनी बेला बेलामा पारिवारिक भेटघाटका लागि आइरहन्छन् । गोविन्दा नयाँवर्ष २०२५ बाट बलिउड फर्किने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?