+

रोहन र सिर्जना उत्कृष्ट रग्बी खेलाडी

२०८१ पुष  २० गते २०:१९ २०८१ पुष २० गते २०:१९
रोहन र सिर्जना उत्कृष्ट रग्बी खेलाडी

२० पुस, काठमाडौं ।  नेपाल रग्बी संघले पुरुषमा रोहन डंगोल र महिलामा सिर्जना राईलाई वर्ष उत्कृष्ट रग्बी खेलाडीबाट शनिबार पुरस्कृत गरेको छ ।

ठमेलमा भएको संघको १२ औं वार्षिक साधारण सभाको उद्घाटन सत्रमा खेलाडीलाई नगदसहित सम्मान गरियो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले साधारण सभाको उद्घाटन गर्नुका साथै खेलाडीलाई पुरस्कृत गरे ।

साधारण सभामा संघका महासचिव गोविन्द घिमिरेले पेश गरेको वार्षिक कार्ययोजना पारित गरिएको रग्बी संघका अध्यक्ष दीपक देवकोटाले जनाएका छन् ।

नेपाल रग्बी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय