+
+

लिक भाँचिएपछि बन्दीपुर केबलकारको सेवा बन्द

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २१ गते ७:४७
फाइल तस्वीर ।

२१ पुस, दमौली । तनहुँको बन्दीपुर केबलकारको लिक भाँचिएपछि शनिबारदेखि सेवा बन्द गरिएको छ ।

शनिबार दुई नम्बर पोलसँगैको लिक भाँचिएर तारसँगै एउटा डिब्बा भुईंमा लत्रिएको थियो । त्यसैले बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले प्रवद्र्धन गरेको केबलकार सेवा शनिबार र आइतबार दुई दिनका लागि बन्द गरिएको हो ।

डिब्बा खाली भएकाले मानवीय र अन्य भौतिक क्षति भने नभएको बताइएको छ ।

केबलकारको मर्मतको काम भइरहेको छ । बन्दीपुर हिलका अध्यक्ष रामचन्द्र शर्माले भने केबलकारको सेवा थप चुस्त र दुरुस्त बनाउन केही विद्युतीय प्रणालीमा स्तरोन्नति गर्नुपर्ने भएकाले सेवा बन्द गरिएको बताएका छन् ।

केबलकार सेवा बन्द भए पनि स्काइ साइक्लिङ, जिपलाइन र रेस्टुरेन्ट सेवा भने नियमित रूपमा सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?