+

बार्सिलोना कोपा डेल रे फुटबलको अन्तिम १६ मा

२०८१ पुष  २१ गते ९:१७ २०८१ पुष २१ गते ९:१७
बार्सिलोना कोपा डेल रे फुटबलको अन्तिम १६ मा

२१ पुस, काठमाडौं । रोवर्ट लेवान्डोस्कीको दुई गोल मद्दतमा बार्सिलोनाले बार्बास्ट्रोलाई ४-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा प्रवेश गरेको छ ।

चौथो श्रेणीको क्लब बार्बास्ट्रोको मैदानमा भएको खेलमा बार्सिलोनाले बलियो टोली उतारेको थियो । जहाँ लेवान्डोस्कीले ३१औं र ४७औं मिनेटमा गोल गरे ।

त्यसअघि एरिक गार्सियाले २१औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । यस्तै पाब्लो टोरेले ५६औं मिनेटमा गोल गरे ।

बार्सिलोनाले कीर्तिमानी ३१ पटक कोपा डेल रे को उपाधि जितेको छ । तर २०२०-२१ देखि भने यो उपाधि जित्न सकेको छैन ।

कोपा डेल रे बार्सिनाेला
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय