+
+

धोबीखोलामा कार खस्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २१ गते १०:५०

२१ पुस, काठमाडौं । काठमाडौंंको धोबीखोलामा कार खसेको छ । बी एए ८७१४ नम्बरको सेतो रंगको कार आज बिहान मदन भण्डारी कलेज नजिकको खोलामा खसेको हो । कार खोलामा उत्तानो परेको छ ।

कार चालक ललितपुरको कुपण्डोल बस्ने विनित विक्रम सिजापतिले जिम गर्न जाँदै गर्दा बढी मोडिएर कार खसेको प्रहरीलाई बताएका छन् ।

नयाँबानेश्वरका डिएसपीले विरेन्द्र गोदारले कार दुर्घटनामा मानवीय र सार्वजनिक सम्पत्ति क्षति नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?