+
+

प्रतिकूल मौसमका कारण धेरैजसो विमानस्थलमा उडान प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २१ गते ११:०९
नेपालगञ्ज विमानस्थल । तस्वीर : अनलाइनखबर फाइल ।

२१ पुस, काठमाडौं । आइतबार प्रतिकुल मौसमका कारण नेपालका धेरैजसो विमानस्थलमा उडान प्रभावित बनेको छ ।

त्रिभुवन विमानस्थलमा भने उडान सामान्य रहेको छ । वायुसेवा कम्पनीहरुका अनुसार आज बिहान भद्रपुर, भरतपुर र पोखराबाहेकका विमानस्थलमा उडान हुन सकेन ।

तुम्लिङटार, विराटनगर, जनकपुर र नेपालगन्जमा १० बजेपछि हुस्सु खुल्न थालेको छ । यद्यपि उडानहरु प्रभावित रहेको बुद्ध एयरले जनाएको छ ।

तराई र पहाडी भेगमा बाक्लो सुस्सुका कारण उडान प्रभावित हुने गरेका छन् । सोहीकारण आज बिहानका अधिकांश आन्तरिक उडान डिले भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?