२१ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आइतबारदेखि मधेश प्रदेशको जनकपुर र वीरगंजमा जय ट्रफी मेन्स एलिट कप २०८१ सुरू भएको छ ।
दुई दिवसीय फर्म्याटमा हुने यस प्रतियोगितामा गत वर्ष भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा शीर्ष चारमा रहेका टोलीहरुले प्रतिस्पर्धा गर्नेछन् ।
पहिलो खेलमा दुई विभागीय टोलीहरू नेपाल पुलिस र नेपाल आर्मी तथा बागमती प्रदेश र मधेश प्रदेश प्रतिस्पर्धा गरिरहेका छन् ।
दुवै खेल खराब मौसमका कारण ढिला गरी सुरू भएको थियो । पर्सामा भइरहेको खेलमा पुलिसले टस जितेर आर्मीविरुद्ध बलिङ गर्ने निर्णय गरेको थियो ।
आर्मीले सुरूवातमै दुई विकेट गुमाएको छ । ५ ओभरको समाप्तिमा आर्मीले २ विकेट गुमाएर ४ रन बनाएको छ । सन्तोष कार्की १ तथा तृतराज दास शून्यमै पेभेलियन फर्किएका थिए ।
दुवै विकेट ललित राजवंशीले लिएका हुन् । अहिले क्रिजमा सोमपाल कामी र कुशल मल्ल खेलिरहेका छन् ।
त्यसैगरी जनकपुरमा मधेशले टस जितेर बागमतीविरूद्ध पहिले ब्याटिङ्ग गरिरहेको छ । मधेशले ६ ओभरमा १ विकेट गुमाएर १५ रन बनाएको छ । कप्तान हरिशंकर साह ४ रन बनाएर नन्दन यादवको बलमा बोल्ड भएका थिए ।
प्रतिक्रिया 4