+
+

नेपाल डन बस्को स्कुलका विद्यार्थीले देखाए अभिभावकमाझ प्रतिभा

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २१ गते १२:३३

काठमाडौं । नेपाल डन बस्को स्कुलको २३ ‌औं अभिभावक दिवसमा विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । शनिबार आयोजित समारोहमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुले ठूलो संख्यामा उपस्थित अभिभावक र अतिथिहरुमाझ नृत्य, गायन, नाटक, कथा, कविता प्रस्तुत गरे ।

पहिलो चरणको कार्यक्रममा कक्षा १ देखि ५ सम्मका बालबालिकाले विभिन्न जातजातिका भेषभूषा झल्किने पहिरन लगाएर नृत्य प्रस्तुत गरेका थिए । उनीहरुको प्रस्तुतिले उपस्थित अभिभावकलाई मन्त्रमुग्ध बनाएको थियो । उनीहरु कहिले गुरुङ पहिरन लगाएर रोधी नृत्य प्रस्तुत गर्थे त कहिले धिमाल भेषभूषामा । अनि कहिले मधेश झल्काउने पहिरन तथा कहिले हिमालका शेर्पाको भेषभूषामा नृत्य प्रस्तुत गर्थे । उनीहरुले नेपालीका साथै नेवारी गीत, तामाङ सेलो, मैथिली गीत सबैको प्रतिनिधित्व गर्दै नृत्य प्रस्तुत गरे ।

यसैगरी विद्यार्थीहरुले नाटकमार्फत अभिभावक, सन्तान र विद्यालयबीचको अन्योन्याश्रित सम्बन्ध प्रस्तुत गरे । विद्यार्थीहरुले गीत गाएर पनि सुनाए ।

दोस्रो चरणमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीले मौलिक भेषभूषा, पहिरनका साथ नृत्य प्रस्तुत गरे । उनीहरुले पनि गायन, नाटक, कथा प्रस्तुतिमार्फत उपस्थित अभिभावक र अतिथिहरुलाई मन्त्रमुग्ध बनाए ।

कार्यक्रममा ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले विद्यार्थीको सिकाइ राम्रो हुन विद्यालयका साथै अभिभावकको पनि उत्तिकै जिम्मेवारी हुने बताए । ‘आफ्ना सन्तान पढ्ने स्कुलप्रति अभिभावकको चासो राख्नु जरुरी छ । बच्चाले कसरी पढिरहेका छन्, कसरी सिकिरहेका छन् भन्नेमा अभिभावकले पूरापूर ध्यान दिनैपर्छ,’ उनले भने,’ अनि मात्र गुणस्तरीय शिक्षाका लागि हामी अघि बढ्न सक्छौं ।’

मेयर श्रेष्ठले नगरपालिकाले ‘शिक्षक-अभिभावक शिक्षा’ तालिम कार्यक्रम सुरु गर्न लागेको पनि उक्त अवसरमा जानकारी दिए ।

स्कुलका प्रिन्सिपल (प्रधानाध्यापक)  विनु जेकोबले २४ वर्षअघि ५७ विद्यार्थीबाट सुरु भएको विद्यालयमा अहिले १७ सय हाराहारीमा विद्यार्थी अध्ययनरत् रहेको बताए । ‘गुणस्तरीय शिक्षा दिलाउने उद्देश्यले सुरु भएको यो विद्यालयलाई यसरी समृद्ध बनाउन यहाँ अभिभावकहरुले खेल्नुभएको भूमिकाको म सराहना गर्दछु । विद्यार्थीहरुलाई पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि अब्बल बनाउने हाम्रो दायित्व रहन्छ,’ उनले भने । यस विद्यालयका विद्यार्थीहरुले एसईई र कक्षा ११ तथा १२ को परीक्षामा उत्कृष्ट जीपीए (अंक) ल्याइरहेको पनि उनले जानकारी दिए ।

नेपाल डन बस्को सोसाइटीद्वावारा सञ्चालित ललितपुरको सिद्धिपुरस्थित नेपाल डन बस्को स्कुलमा ८० जना शिक्षक कार्यरत् छन् । काठमाडौं, विराटनगर र सुनसरीमा गरी नेपालभित्र हाल पाँच विद्यालय सञ्चालन गरिरहेको सोसाइटीले चाँडै नै कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अर्को विद्यालय खोल्ने तयारी गरिरहेको कार्यक्रममा जानकारी दिइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?