+

यू-१६ युथ लिगमा फ्रेण्ड्स क्लब विजयी

२०८१ पुष  २१ गते १२:२१ २०८१ पुष २१ गते १२:२१
यू-१६ युथ लिगमा फ्रेण्ड्स क्लब विजयी

२१ पुस, काठमाडौं । एन्फा यू-१६ युथ लिग अनतर्गत आइतबार भएको पहिलो खेलमा पहिलो फ्रेण्ड्स क्लबले सातदोबाटो युथ क्लबलाई २-० ले पराजित गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहान भएको खेलमा फ्रेण्ड्सको दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो ।

खेलको पहिलो मिनेटमै रिहान बुढाले गोल गर्दै फ्रेण्ड्सलाई अग्रता दिलाएका थिए । अर्को गोल दिवान थापाले २२औं मिनेटमा गरे ।

आजै यू-१६ युथ लिगमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । खेल १२ बजे सुरु हुनेछ ।

एन्फा यू-१६ युथ लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय