२१ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आइतबारदेखि मधेश प्रदेशको जनकपुर र वीरगंजमा जय ट्रफी मेन्स एलिट कप २०८१ सुरू भएको छ ।
पहिलो खेलमा दुई विभागीय टोलीहरू नेपाल पुलिस र नेपाल आर्मी तथा बागमती प्रदेश र मधेश प्रदेश प्रतिस्पर्धा गरिरहेका छन् ।
खराब मौसमका कारण ढिला गरी सुरू भएको खेलमा लन्च ब्रेक भएको छ । पर्सामा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ११ ओभरमा ३ विकेट गुमाएर २८ रन बनाएको छ । भीम सार्की ९ र कुशल मल्ल १३ रन बनाएर खेलिरहेका छन् ।
आर्मीले सुरूवातमै दुई विकेट गुमाएको थियो । सन्तोष कार्की १ तथा तृतराज दास शून्यमै पेभेलियन फर्किएका थिए । सोमपाल कामी ५ रन बनाएर आउट भए । तीनवटै विकेट ललित राजवंशीले लिएका हुन् ।
त्यसैगरी जनकपुरमा मधेशले टस जितेर बागमतीविरूद्ध पहिले ब्याटिङ्ग गरिरहेको छ । मधेशले १२ ओभरमा १ विकेट गुमाएर ३२ रन बनाएको छ । कप्तान हरिशंकर साह ४ रन बनाएर नन्दन यादवको बलमा बोल्ड भएपछि अहिले मयन यादव १७ र निरज यादव ८ रन बनाएर क्रिजमा छन् ।
प्रतिक्रिया 4