+
+

‘सुपरम्यान’ २०२५ को बहुप्रतीक्षित हलिउड फिल्म, यस्तो छ आईएमडीबी सूची

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २१ गते १३:३२

काठमाडौं । सन् २०२५ का बहुप्रतीक्षित हलिउड फिल्मको सूची सार्वजनिक भएको छ । विश्वचर्चित इन्टरनेट मुभी डेटाबेस (आईएमडीबी)ले सूची सार्वजनिक गरेको छ । जसको शीर्षस्थानमा डीसी सुपरहिरो फिल्म ‘सुपरम्यान’ छ ।

आगामी ११ जुलाईमा रिलिज तयारीमा रहेको यो फिल्म डीसी युनिभर्समा आधारित छ । यो फिल्म ‘सुपरम्यान’ फिल्मको पुनर्निर्माण रहेको जनाइएको छ । जेम्स गन निर्देशित र लिखित फिल्ममा डेभिड कोरेन्सवेट क्लार्क केन्ट सुपरम्यानको भूमिकामा छन् ।

दोस्रो स्थानमा ‘ट्वेन्टी इयर्स लेटर’ छ, जसको प्रदर्शन मिति २० जुनलाई तय छ । डेनी बोयल निर्देशित फिल्ममा किलियन मर्फी र जोडी कोमरको शीर्ष भूमिका छ ।

द फ्यान्टास्टिक फोर : फर्स्ट स्टेप्स तेस्रो स्थानमा छ । फिल्ममा पेड्रो पास्कल, ‘स्ट्रेनजर थिंग्स’ फेम्ड जोसेफ क्विन, ‘द बियर्स’ फेम्ड इबोन मोस–बक्रच र भेनेसा किर्बी अभिनित यो फिल्मले सुपरपावरको कथालाई सिनेमाको जीवनमा ल्याउने स्टुडियोको प्रयत्न हो । यो फिल्म २५ जुलाईमा रिलिज हुनेछ ।

आईएमडीबी सूचीको चौथो स्थानमा ‘हाउ टु ट्रेन योर ड्रागन’, पाँचौंमा ‘थन्डरबोल्ट्स’, छैटौंमा ‘क्याप्टेन अमेरिका ः ब्रेभ न्यु वर्ल्ड’, सातौंमा ‘स्नो ह्वाइट’, आठौंमा ‘जुरासिक वर्ल्ड : रिबर्थ’, नवौंमा ‘अ माइनक्राफ्ट मुभी’ र दशौंमा टम क्रुज स्टारर ‘मिसन इम्पोसिबल : द फाइनल रेकोनिङ’ छ ।

आईएमडीबीले आफ्नो प्लाटफर्ममा धेरै खोजिएका फिल्मअनुसार सूची तयार पारेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?